काठमाडौं – निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’ लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।
चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ ।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् ।
एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन् ।


