अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, कडिँदै आप्रवासन नीति

एटुजेड समाचार

अमेरिका – अमेरिकाले एकैपटक ३५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत फिर्ता पठाइएका उनीहरू गत अप्रिल ७ (चैत २४) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरेका अनुसार सबैलाई एकै उडानमार्फत नेपाल ल्याइएको हो।

डिपोर्ट गरिएकामध्ये १२ जना अवैध बाटो प्रयोग गरेर अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए। बाँकीलाई भने विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आधारमा अमेरिकाले फिर्ता पठाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन्। उनीहरू कसरी अमेरिका पुगे, बीचमा के–कस्ता प्रक्रिया अपनाइयो भन्नेबारे थप अनुसन्धान भइरहेको समेत जनाइएको छ।

पछिल्लो समय अमेरिकाले आप्रवासीमाथि निगरानी र कडाइ दुवै बढाएको देखिन्छ। पछिल्ला दुई महिनामात्रै अमेरिकाबाट २०० भन्दा बढी नेपाली नागरिक डिपोर्ट भइसकेका छन्, जसले आप्रवासन नीतिको कडाइ झन् स्पष्ट बनाएको छ।

Donald Trumpको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले आप्रवासनसम्बन्धी नियमहरू कडाइका साथ लागू गर्दै आएको छ। भिसा प्रक्रिया पूरा नगर्ने, भिसा अवधि नाघेर बस्ने तथा कानुनी मापदण्ड उल्लंघन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आफ्नै देश फिर्ता पठाउने नीति तीव्र रूपमा कार्यान्वयन भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु