नारायणगढको भृकुटीपथमा खुल्यो ‘फूल घर’को पाँचौं शाखा

एटुजेड समाचार

चितवन – नारायणगढस्थित भृकुटीपथमा फ्लवार हाउस ‘फूल घर’को पाँचौं शाखा संचालनमा आएको छ । आज (शनिबार) उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले फूल घरको समुद्घाटन गरेका हुन् ।

भरतपुरको प्रेमबस्तीमा २०६५ सालदेखि उज्जवल नर्सरीबाट पुष्प व्यवसायमा लागेका इश्वर श्रेष्ठले ‘फूल घर’लाई विस्तार गर्दै पुष्प व्यवसायलाई निरन्तरता दिएका हुन् ।

‘फूल घर’का संचालक शुलभ श्रेष्ठले सेवाग्राहीको सहजताका लागि पाँचौं शाखा संचालनमा ल्याइएको बताए । ‘फूल घर’को सुरुवात प्रेमबस्तीबाट सुरु भई नारायणगढको लायन्स चोकस्थित बालकुमारी कलेज रोड, भरतपुरको सप्तगण्डकी कलेज चोक, पूर्वी चितवनको खैरहनी–८ पर्सा बजार र अहिले भृकुटीपथमा पाँचौं शाखा संचालनमा ल्याएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु