मिना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुवास महतोसहित ५० भन्दा बढी कांग्रेसमा प्रवेश

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ की  उम्मेदवार मिना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टी क्षेत्र नम्बर २ का  उम्मेदवार सुवास महतो कांग्रेसमा प्रवेश गरेका छन् ।

आज भरतपुर ११ स्थित गोर्खाली टोलमा भएको प्रचारप्रसार अभियान समापन तथा होली विशेष सांस्कृतिक कार्यक्रममा उम्मेदवार महतो, सो पाटिका जिल्ला उपाध्यक्ष सुशीला महतोसहित ५० भन्दा बढि काग्रेशमा प्रवेश गरेका हुन्  ।

नवप्रवेशीहरूलाई कार्यक्रममा कांग्रेस नेताहरूले स्वागत गरेका थिए ।यसअघि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका महतोले कांग्रेस उम्मेदवार खरेलको विकास र समृद्धिको एजेण्डा प्रभावकारी भएको उल्लेख गर्दै पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार मिना खरेलले आफूलाई जनताको विश्वास र समर्थनले थप उत्साहित बनाएको बताइन् । उनले चितवनको  समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नवप्रवेशीहरूले कांग्रेसको नेतृत्वमा मात्रै स्थायित्व र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा खरेललाई विजयी बनाउन एकजुट भएर लाग्ने बताएका छन् ।

Forbes

निर्वाचन नजिएको अवस्थामा यसरी काग्रेशमा प्रवेश गर्दा कांग्रेसको पक्षमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । स्थानीय तहमा प्रभावशाली मानिएका महतोसहित ठूलो संख्यामा कार्यकर्ता प्रवेश गर्नुले चुनावी प्रतिस्पर्धामा खरेलको स्थिति थप मजबुत बनेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु