पर्सा प्रहरी प्रमुखको जिम्मेवारीमा नरेशराज सुबेदी

पर्सा  — आगामी निर्वाचनलाई सुरक्षित, सभ्य र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले पर्सा जिल्लामा नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ। वरिष्ठ प्रहरी अधिकृत एसपी नरेश राज सुवेदीलाई पर्सा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार, एसपी सुवेदीले निर्वाचन सुरक्षा, अपराध नियन्त्रण र स्थानीय शान्ति कायम राख्ने मुख्य जिम्मेवारी पाउनेछन्।

पदभार ग्रहण गर्दै उनले भने, “पर्सामा लोकतान्त्रिक प्रक्रिया सुरक्षित र शान्तिपूर्ण बनाउन सबै सरोकारवालासँग मिलेर काम गर्नेछु। जनताको विश्वास कायम राख्नु मेरो पहिलो प्राथमिकता हुनेछ।”
“पर्सामा जनताको विश्वास कायम गर्दै शान्तिपूर्ण वातावरणमा काम गर्नेछु। निर्वाचन र अन्य सुरक्षा चुनौतीहरुलाई व्यवस्थित तरिकाले सामना गर्नेछु।”

एसपी सुवेदी अब सुरक्षा, शान्ति र सर्वसाधारणको विश्वास कायम राख्ने लक्ष्य लिएर कार्यभार सम्हाल्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु