पर्सामा ट्राफिक ब्यवस्थापनमा लापरबाही

पर्सा – केही समययता पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक पेटीको अभाव, जथाभावी चौपाया छोड्नु, पैदल यात्रीमा ट्राफिक नियमको चेतना नहुनु, जथाभावी सवारीसाधन पार्किङ गर्नु, सडकपेटीमा फुटकर व्यापार गर्नु, सडक नै ढाकेर राजनीतिक तथा धार्मिक कार्यक्रम गर्नुजस्ता कारणले पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

पर्सामा कहिलेकाही झुक्किएर पैदल यात्रीहरु जेब्रा क्रसिङ्ग नभएको ठाउँबाट बाटो काट्छ्न् त्यो बेलामा पर्सा ट्राफिकले अपराधीलाई जस्तो रुखो स्वरमा नाम, थर, ठेगाना सबै सोध्छन् र मर्न मनछकी क्याहो भनेर सातो लिन्छन् । जानिएन सर गल्ती भो भन्दापनी हप्किदप्की ठुलै हुन्छ । सर्व साधारणलाई बिक्षिप्त बनाएर बल्ल छोडिन्छ ।

उता जेब्रा क्रसिङ्ग बनाइएको ठाउँबाट बाटो काट्ने पैदल यात्रुहरुलाई पनि सजिलो बाटो काट्ने ब्यवस्था कहाँ छर ? सवारी चालकहरु सिधै किचौला झैं गरि सवारी साधन कुदाएर ल्याउछन् । यो कुरामा न पर्सा ट्राफिक प्रहरीलाई मतलब छ, न नजिकैको प्रहरीलाई । बाटो साघुरो छ, हाइवेमा गाडी रोक्नै मान्दैनन् चालकहरु । कतिचोटी सडक दुर्घटना जेब्रा क्रसिङ्गमै भएको छ । पैदल यात्रुहरु जेब्रा क्रसिङ्गमा पनि डराइ डराइ बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रसिङ्गको प्रयोग पैदलयात्रीहरुको लागि सुरक्षीत तवरले बाटो क्रस गर्न बनाइएको हो । त्यसमाथी भारतिय नम्बर प्लेटका गाडीहरू त सोझै पेलेरै आउँछन् अनि मनलाग्दी पार्किङ्ग गर्छन।

पर्सामा ट्राफिक नियमका बारेमा धेरै जानकारी नपाएका मानिसहरु भएकोले स्थानीय सरकार र प्रहरीले यसको पूर्ण कार्यान्वयन गराउन धेरे चासो दिएको पाइदैन् । यसरी सवारी साधन नै जेब्रा क्रसिङ्गमा पार्किङ्ग गर्दापनि नियन्त्रण गर्न नसक्नुमा ट्राफिक प्रहरीको गम्भीर लापरबाही देखिएको छ ।
जिल्ला ट्राफिकले सर्वसाधारणलाई हिडडुल गर्न सहज होस भन्ने उद्देश्यले जेब्रा क्रसिङ्ग बनाउने गरेको छ । तर, ती बनाइएका लगभग सबै जेब्राक्रसिङ् उपयोगविहीन भएका छन् । कतिपय ठाउँमा त सरकारीदेखि निजी सवारी साधन पार्किङ्ग स्थल बनेका छन् ।

 

पर्सा को घण्टाघर चोकमा जेब्रा क्रसिङ्ग बनाईएको छ । जिल्ला ट्राफिक प्रहरीले जेब्रा क्रसिङ्ग बनाएर सर्वसाधारणलाई हिडदुल गर्न सहज होस भन्ने हेतुले जेब्रा क्रसिङ्ग बनाएको हो । तर जेब्रा क्रसिङ्गको मान्यता नबुझी जताततै पार्किङ गरिएको देख्न सकिन्छ । चोक चोकमा जेब्रा क्रसिङ्ग छ तर जेब्रा क्रसिङ्गमै सवारी साधान पार्किङग गरिएको हुन्छ त्यस तर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् ।

Forbes

 

जेब्रा क्रसिङ्ग भनेको पैदल यात्रुहरुलाई सहज रुपमा बाटो काट्नको लागि छुटईएको स्थान हो । जेब्रा क्रसिङ्गबाट पैदल यात्रुले सडक पार गर्दा सवारी चालकहरुले गाडी कम गतीमा हाक्ने र आफ्नो सवारी साधान राखेर पैदल यात्रुलाई बाटो पार गर्न सहयोग गर्नुपर्दछ ।

तर यहाँ सवारी चालकहरुले हेक्का नपुर्याउदा खासगरी अपाङ्गता भएका व्याक्ति, वृद्ध, महिला तथा बालबालिका झनै समस्यामा पर्ने गरेका छन् । जेब्रा क्रसिङ्गमै पार्किङग गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको देख्न सकिन्छ ।

जेब्रा क्रसिङ्गमा बाइक पार्किङ्ग गर्न हुन्छ र ?

बाटोभरी पार्किङ गरिएको हुन्छ बटुवालाई बाटो काट्न गाह्रो हुन्छ । जेब्रा क्रसिङ्ग पनि राम्रोसंग देखिदैन जथाभाबी पार्किङ गरिने भएको हुनाले सर्वसाधारणलाई सडकमा हिड्न गाह्रो हुने गरेको देख्न सकिन्छ ।
बारम्बार अव्यवस्थित पार्किङले गर्दा पैदलयात्रुलाई सास्ती खेप्न परेको बुझिन आएको छ ।

जेब्रा क्रसिङ्गमा बाटो काट्दा पैदल यात्रुलाई सवारी साधनले ठक्कर दिएमा हदै सम्मको कारवाहीको व्यवस्था रहेको छ ।
जेब्रा क्रसिङ्गमा हिडेरहेको यात्रु देखेमा सवारी चालकले आफ्नो गाडीलाई रोकेर वा गती कम गरेर पैदल यात्रुले बाटो काटेपछि मात्र आफ्नो सवारी अगाडी बढाउनु पर्दछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु