एसएसपी लालबाबु गिरिको नक्कली प्रमाणपत्र

काठमाडौं – नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एसएलसी प्रमाणपत्र नै नक्कली रहेको पाइएको छ।

प्रहरी नायब निरीक्षक (सई) बाट जागिर सुरु गरेका एसएसपी लालबाबु गिरीको एसएलसी प्रमाणपत्र नक्कली रहेको भेटिएको हो। गिरीविरूद्ध नक्कली प्रमाणपत्र पेस गरी प्रहरीको उच्च पदमा पुगेर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एसएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए। त्यही सर्टिफिकेटका आधारमा उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ पास गरे। सोही सर्टिफिकेट पेस गरी उनले २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए।

बिहारबाट ल्याएको उक्त प्रमाण पत्र पेस गरी गिरी प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

बिहारबाट उनले रोल नम्बर ७१८ को प्रमाणपत्र उल्लेख भएको कागजात पेस गरेका थिए। अख्तियारले बिहार बोर्डलाई पत्राचार गर्दा अभिलेखमा क्रमांक ५७६ सम्म मात्रै छापिएको पाइएको छ।

Forbes

यसरी नक्कली प्रमाणपत्र पेस गरेर सरकारी पदको लाभग्राही भएकाले उक्त कसुर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आकर्षिक हुने भएकाले मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु