वकिटकि को चर्को स्वरले पर्सामा शान्ति सुरक्षा देखिदैन……

देशमा भइरहेको अपराधिक घटनाले त्यसै पनि नेपाल प्रहरीको छवि पछिल्लो समयमा केही प्रहरी का कारण इतिहासमै सबैभन्दा धुमिल बन्दै गएको छ । सोही क्रममा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सहित आएका प्रहरी उपरीक्षक सुदिप राज पाठकको आगमनले पर्सा जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो होला, विधिको शासन स्थापना होला, अपराधी मनोवृत्तिका मानिसहरू डराउलान्, तस्करी कार्य निरुत्साहित होला भन्ने आश एवं विश्वास गरेर बसेका पर्सा जिल्लावासीको आशा तथा प्रहरी प्रमुखको अकर्मण्यताले तुहिन थालेको छ ।

अख्तियर दुरुपयोग अनुसन्धानबाट पर्सा प्रहरीको जिम्मेवारी लिएर आएका प्रहरी उपरीक्षक सुदिप राज पाठकले आफ्नो कार्यकालमा पर्सा जिल्लामा विधिको शासन र कानुन पालना गराउन मेरो प्रमुख उद्देश्य रहने छ भनेर पर्सेली पत्रकारहरूमाझ डिङ हाँकेपनि प्रहरी उपरीक्षक पाठकको व्यवहार र कार्यशैली भने हात्ती आयो हात्ती आयो फुस्सा साबित आफै गराएका छन् ।

प्रहरीमा फिल्डमा खटिने भनेका तल्लो दर्जाकै कर्मचारी हुन्, खासगरी जवानदेखि नायब निरीक्षकसम्म। यसमा पनि सबैभन्दा बढी जवान र त्यसपछि हवल्दार। तर संगठनमा आन्तरिक र बाह्य दुर्व्यवहारको सिकार सबैभन्दा बढी उनीहरु नै हुन्छन्, माथिल्लो दर्जाका हाकिम वा कर्मचारीबाट होस् या राज्यले दिने सेवा सुविधा। एस्तै भएको छ अहिले पर्सा प्रहरीमा ।

प्रहरी उपरीक्षक पाठक पर्सा प्रहरी प्रमुखमा आएदेखि यता तस्करीको लाईन बन्द हुनुको सट्टा तस्करीको लाईन र टाईम परिवर्तन भई संचालन भएको, दिनदिनै आपराधिक गतिविधि बढ्दै गएको, आत्महत्या, घरेलु हिंसा, सामाजिक आतंक जस्ता गैरकानुनी कृयाकलाप विगतको भन्दा तीव्र गतिमा बढेपछि एस.पी. पाठकको कार्यदक्षतामाथि प्रश्न चिन्ह उठ्न थालेको हो ।

परवानीपुर प्रहरी चौकीबाट करिब १०० मिटर दक्षिणतर्फ राइट साइडको सटरभित्र लुकेर होटल सञ्चालन गरी अवैध यौन धन्दा प्रहरी प्रमुखकै आडमा चलाइएको स्थानीयले गम्भीर आरोप लगाएकै छ । कुनै पनि नाम वा बोर्ड नराखी गोप्य रूपमा सञ्चालन गरिएको उक्त स्थलमा १८ देखि २५ वर्ष उमेरका महिलालाई थुनाजस्तै गरी राखेर उनीहरूलाई जबरजस्ती यौन शोषणमा धकेलिएको त्यहाँ जादा देख्न सकिन्छ । उक्त स्थानमा भारतिय मालबाहक गाडी का चालक तथा घुम आउनेलाई सहज गरिएको प्रस्टै बुजिन्छ।स्थानीयका अनुसार प्रति व्यक्तिलाई एक हजार रुपैयाँ दरमा अवैध कारोबार चलाइँदा पनि प्रहरी चौकी नजिकै यस्तो गैरकानुनी गतिविधि खुलेआम भइरहेका बेला प्रहरी भने मूकदर्शक बनेर बसेको देखिन्छ ।

“वकीटकि” मा मात्र चर्को स्वर मा कराएर ब्यवस्थापन हुँदैन बढ्दो सडक जामका कारण विरामी बोक्ने एम्बुलेन्स, आगलागी हुँदा दमकल, जस्ता आकश्मिक रुपमा आउने जाने सवारी साधनलाई समेत समयमा अस्पताल जान गाह्रो हुने गरेको देखिन्छ ।

पर्सा जिल्ला एसै पनि संबेदनसिल जिल्ला हो यो जिल्ला को कमान्ड राम्रै नेतृत्व लिन सक्नु पर्छ जुन एसपी पाठकमा देखिदैन । जसरी तत्कालीन प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जसरी काम गरे त्यो चुनौती नै नयाँ प्रहरी प्रमुखलाई काम गर्ने अवसर थपिदिएकै हो अनि प्रहरीले एति सम्म गर्न सक्छन भन्न्ने स्थापित समेत गराईदिएका छन् ।

प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैतिक काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा हिँडिरहेकाको सहयोग बन्यो भने त्यसलाई के भन्ने ? आमजनता सङ्ग जसरी प्रहरी प्रती नै कठोर बनेर सफल हुन सकिँदैन एसपी साहेब…… ।

‘संगठनमा सँधैं हेपिएर, पेलिएर र माथिकाले जे गरेपनि चेन अफ कमान्ड भन्दै चुप लागेर बस्नुपर्ने अवस्था नै सबैभन्दा ठुलो समस्या हो। आत्मसम्मान ठूलो कुरा हो ।

तस्करी, लुटपाट, हत्या, घरेलु हिंसा, महिला हिंसा, बाल हिंसा, बलात्कार जस्टा घटना न्यूनिकरणमा असफल जस्तै देखिएका पर्सा प्रहरी नेतृत्व र टिम कम्तिमा ट्राफिक व्यवस्थापनमा त सफल होलान् भनेर आशावादी बनेका पर्सेली जनताहरूको चाहना कहिले पूरा हुने होला भनेर हजार जिब्रो भएका शेषनागले समेत भन्न सक्ने अवस्था छैन भने यो पंक्तिकारले कसरी भन्न सक्लान् र ? कि कसो एस.पी. साहेब ?

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु