रत्ननगर – पुर्वी चितवनको रत्ननगर-२स्थित न्यू क्यापिटल कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आईतवार सो कलेजले आफ्नो २५औँ वार्षिकोत्सबको अवसर पारी १२औँ स्व. रोट्र्याक्टर सचिनको स्मृतिमा उक्त कार्यक्रम गरेको हो।
रोट्र्याक क्लब अफ रत्ननगर,रोट्र्याक क्लब अफ पूर्वी चितवन,न्यू क्यापिटल कलेज र न्यू क्यापिटल इन्टर्याक्ट क्लबको सहकार्यमा आयोजित उक्त कार्यक्रममा १५५ जना रक्तदाताले रक्तदान गरेका छन। जसमध्य, ४६ जना महिला र १०९ जना पुरुष रहेका छन। त्यस्तै,सहभागी रक्तदाता मध्य १२१ जना पहिलो पटक रक्तदान गरेका हुन भने अन्य ३४ जना नियमित रक्तदाता हुन।
समाजमा रक्तदानप्रति सचेतना अभिवृद्धि गर्दै मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम व्यवस्थित, सुरक्षित तथा स्वच्छ वातावरणमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।
सो कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।रोगी तथा आपतकालीन अवस्थामा रहेका बिरामीका लागि संकलित रगत अत्यन्तै महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमलाई सदैव निरन्तरता दिइने आयोजकले प्रतिबद्धता व्यक्त गरे।


