पर्सा – गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतले मातहतका प्रहरी कार्यालयहरूबाट काज फिर्ता पठाउने, दरबन्दी भएकै ठाउँमा बसेर काम गर्न बारम्बार निर्देशन दिएपनि मधेश प्रदेश अन्तर्गतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा उक्त निर्देशन लागु भएको देखिए पनि सानालाई ऐन ठुलालाई चैन झै भएको छ ।
केही दिन पहिले तल्लो दर्जाको प्रहरीलाई दरबन्दी पठाए पनि प्रहरी सहायक निरीक्षक भन्दा माथिल्लो दर्जालाई अङ्गालो च्यापेर राखेर पर्सा ट्राफिक बिबादित बन्दै गएको छ । प्रहरी जवान देखि प्रहरी बरिस्ठ हवल्दार सम्मलाई दरबन्दी पठाइएको छ तर केही प्रहरी अति आवस्यक पारिवारिक समस्या कै कारण काज गराएकालाई भने जबर्जस्ती रमाना दिएर पठाईएको छ ।
जिल्ला ट्राफिक पर्सामा यस्ता प्रहरी कार्यरत छन् जो लामो समयदेखि अड्डा जमाएर बसेका छन् जिल्लाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) र प्रदेशका एसपी मात्र होइन, हेडक्वार्टरमा जो सुकै आईजीपी आए पनि पर्सा जिल्लाबाट यिनीहरूलाई अन्त पठाउने आँट उनीहरूले गर्दैनन् ।
हेडक्वार्टरले नै हल्लाउन नसकेपछि यिनीहरू लामो समयदेखि पर्सा जिल्लामै खुल्ला साँढे जस्तै बस्दै आएको चर्चा प्रहरीभित्र नभएको होइन । उनी हुन जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरी दरबन्दी भएका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कुमार झा । उनी लामो समय देखि पर्सा काज गराएर बसिरहेका छन । पारिवारिक समस्या भए पनि बस्न पाँउने ब्यवस्था छैन तर सहायक निरीक्षक झा भने लामो समय देखि बस्दै आएका छन ।
बस्दै आए पनि जहाँ जहाँ को जिम्मेवारी दिन्छन उनलाई त्यहीँ असफल अनि बिबादित बनिरहेको हुन्छ्न । केही समय पहिल्यै बसपार्कको ट्राफिक व्यवस्थापन प्रमुखको जिम्मेवारी प्रहरी सहायक निरीक्षक धर्मेन्द्र प्रसाद झा कै हातमा भए पनि सुधार ल्याउन नसकेको आरोप छ अझ सम्म पनि ।
स्रोतका अनुसार, झा विभिन्न सवारी चालकसँग आर्थिक लाभ लिई अवैध असुलीमा संलग्न रहेको आरोप लागेकै थियो , जसका कारण बसपार्कको पार्किङ अस्तव्यस्त बनेको स्थानीयले बताउँछन् अझ पनि ।
बसपार्कमा सबै भन्दा बढी बिबादित बनेर अहिले पर्सा को ड्राईपोट मा बिबादित बनेको बनेकै छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको वीरगंज महानगरपालिको ड्राईपोर्ट चौकमा ट्राफिक पोस्टबाट अनाधिकृत रुपमा विभिन्न सवारी साधनहरु संग रकम असुली गरिरहेको गुनासो बढदै गए सङ्गै भिडियो पनि बाहिरिएको छ ।
वीरगंजको मुख्य भन्सार आईसिपिबाट नेपाल भित्रिने भारतिय मालवाहक सवारीसाधनहरुबाट ड्राईपोर्ट चौकमा खटने ट्राफिक प्रहरीहरुले भारतीय रुपैया दुई सय चार सयका दरले प्रत्येक गाडीबाट रकम असुलने गरेको बुझिन्छ ।
यसरी ट्राफिक प्रहरीहरुले एक दिनमा विभिन्न सवारी साधनबाट २० हजार देखि ३० हजार सम्म अवैध रुपले रकम उठाईरहेका छन । र क्षमता भन्दा बढी भार बोकेको भारतीय मालवाहक सवारीसाधनहरुलाइ जरिवाना गर्नुको सट्टा सेटिङमा रकम असुलेर छाडने गरेको पाइएको छ ।
ट्राफिक प्रहरी सहायक निरिक्षक धर्मेन्द्र कुमार झाले भारतिय मालवाहक गाडीहरु संग रकम उठाउन दलालहरुलाई प्रयोग गर्ने गरेको भिडियो मा स्पस्ट देखिन्छ ।
भारतको उत्तर प्रदेश जिल्ला प्रतापगढ घर बताउने ती भारतिय ट्रक ड्राईभरका अनुसार हामीहरुले प्रत्येक गाडी बाट १ हजारका दरले दलाललाई दिने गरेको बताए । र ती दलालले आईसीपी देखी गाडी पुग्ने गन्तव्य सम्मको ट्राफिक प्रहरीको लागी ठेका नै लिने गरेको ड्राईभरले दुख व्यक्त गर्दै बताउँछन् ।
प्रसनि देखि लिएर अहिलेसम्म धर्मेन्द्र झा पर्साका कमाउ अड्डा मानिने अधिकांश चौकीको जिम्मेवारीमा खटिसकेका छन्, हाल उनी ट्राफिक प्रहरी मूख्य केन्द्र मानिने ड्राईपोट चौकीका इन्चार्ज छन् ।
भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सामा सरुवा गराएर नजिकका प्रहरी राख्ने चलन रहँदै आएको छ ।
आईसिपि भन्सारबाट दैनिक पाँच सय भन्दा बढि भारतिय मालवाहक गाडीहरु नेपाल भित्रिने गरेको र ड्राईपोर्ट हुदै पावरहाउस चौक भएर वीरगंज पथलैया औद्योगिक करिडोर हुदै नेपालको विभिन्न सहरहरुमा जाने गरेको छ ।उनको कार्यशैलीले सिङ्गो पर्सा ट्राफिक प्रहरीलाई प्रस्न तेर्साएर आफू जहिले बिबादास्पद बन्न्ने गरेको छ।


