मधेस – नेपाल प्रहरीका मधेस प्रदेशप्रहरी प्रमुख नायब महानिरीक्षक गोबिन्द थपलियाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम हाम्रै हो, अहिले पनि सपनाजस्तै लागिरहेको छ। त्यस दिनको घटनाले काम गर्न नसक्ने स्थिति छ।
यो आन्दोलनपश्चात् आम रूपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर, प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आमवर्गको अपेक्षा ठूलो छ ।
प्रहरी नायब महानिरीक्षक थपलियाले संगठनको नीति र आवश्यकता अनुरूप नै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
ठूलो क्षति बेहोर्न पुगेको प्रहरी संगठनका कर्मचारीको मनोबल उच्च बनाउन समुदायस्तरबाट नै साथ दिनुपर्ने नायब महानिरीक्षक थपलियाको भनाइ छ। यसका लागि समुदायस्तरबाट पहल पनि शुरू भइसकेको छ। ठाउँठाउँमा प्रहरी कार्यालय पुनर्निर्माणलगायत कामका लागि समिति निर्माण भइरहेका छन्।
“नागरिकस्तरबाट पनि शुरूआत भइसकेको छ। सबै क्षेत्रको पहल भयो भने चारपाँच महिनाभित्र दक्ष प्रहरी पाउन सक्छौँ।”
सङ्ग सङ्गै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी नायब महानिरीक्षक थपलियाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताए ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न उनले आग्रहसमेत गरे । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न ८ वटै जिल्ला का प्रहरी प्रमुखलाई उनले निर्देशन दिदै छन ।


