ठूलो आवाजमा मोटरसाइकल चलाउनेमाथि कारबाही गर्छौ: एसपी दिपक गिरी

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ ।

चर्को आवाज निकालेर तथा स्वरुप परिवर्तन गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्नेलाई सचेतनासँगै आवश्यकताका आधारमा कारबाही गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालनमा ल्याएको छ ।

अभियान अन्तर्गत एक सातामा चर्को आवाज निकाल्ने तथा ट्राफिक नियम पालना नगर्ने कयौं मोटरसाइकल चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले बताउनु भएको छ ।

जिल्ला स्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीले भन्नुभयो, “त्यस्ता मोटरसाइकलले दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजले आतङ्कित मच्चाएको, वातावरणमा ध्वनि प्रदूषण बढाएको जनगुनासो आएपछि अभियान सञ्चालन गरी सचेतना अभिवृद्धिसँगै कतिपयलाई कारबाही गरिएको हो ।”

जथाभावी रूपमा साइलेन्सरलाई परिवर्तन गरेर चलाउने, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई इटहरी बजार क्षेत्रभित्र सञ्चालनमा कडाइ गरिएको ट्राफिक प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु