दमक – इलाका प्रहरी कार्यालय दमक प्रमुखको जिम्मेवारी किशाेर लम्सालले सम्हाल्ने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार झापा दमकको प्रहरी नायव उपरीक्षक (डीएसपी )को सरुवा गरेको कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट किशोर लम्साललाई दमक पठाइएको हो।
डिएसपी लम्साल प्रहरी संगठनमा शान्त स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका लम्साल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन्।
कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनको बुझाइ छ । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको उनले बताए ।
काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार-प्रसार र मिडियामा भने कमै मात्रमा छाउँछन् । प्रचार-प्रसारमा भन्दा बढी काम गर्न रुचाउने डिएसपी किशाेर लम्साल प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ ।
अपराध अनुसन्धानमा दख्खल राख्ने उनी प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।


