पर्सामा ट्राफिक प्रहरीद्वारा चेकजाँचको नाममा अवैध आर्थिक लाभ लिने गरेको गुनासो

वीरगन्ज – अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालले बारम्बार भन्ने गरेका छन् कि भ्रष्टाचार गर्ने , घुष खाने र नियम विपरीत काम गर्ने जो कोही भए पनि छाडिन्न , कारवाही गरिन्छ ।

सरूवा भएर कार्यक्षेत्रमा खटिएर जान लागेका कार्यालय प्रमुखहरूलाई पनि उनले निर्देशन दिने क्रममा विभागीय निति , शुन्यसहनशीलता र बिबादरहित ढंगले काम गर्न निर्देशन दिएको देखिन्छ , सुनिन्छ ।

तर त्यो नीति निर्देशन पालना भएको भने देखिदैन । बरू त्यसको ठिक बिपरित मातहतका प्रहरीले काम गरिरहेको देखिन्छ अनि भेटिन्छ पनि ।

पर्साको जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी रजतजयन्ती चोकमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दार बिजय चौधरीको असुली धन्दाले भारतीय पर्यटक तथा यातायात व्यवसायीहरू लगायत सर्वसाधारण आजित भएका छन् ।

देशकै आर्थिक नगरी वीरगंजबाट जाने आउने सम्पूर्ण सवारी साधनहरुलाई चेकजाँचको नाममा रोकि अवैध आर्थिक लाभ ट्राफिक प्रहरी चौधरीले लिने गरेका छन् ।

त्यहीबाट सवारी साधनहरुलाई रोकी विभिन्न बहाना बनाउँदै बढीको चिठ काटिने डरत्रास देखाई चिठको सट्टा कम पैसा दिन लगाईलुट तंत्र मच्चाएका छन् । उनी जहिले पनि बिबादास्पद नै बनेका छन जता जान्छन कहिँ न कहिँ विवाद मा आएर ट्राफिक प्रमुखलाई हैरान बनाएका छन।

सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध रुपले मालबाहक सवारी साधन तथा इन्डियन गाडी तथा मोटरसाइकल बाट विभिन्न बहाना बनाई रकम असुली गर्दे आएको खुलेको छ ।

भारतिय सवारी चालकलाई ट्राफिक प्रहरीले अनावश्यकरूपले रोकेर विभिन्न किसिमको कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर ट्राफिक प्रहरी चौधरीले विभिन्न किसिमको डर धाक देखाई १ हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेका छन् ।

प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चौकमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको स्थानियहरु बताएका छन् ।

यता चालकहरुले आफूहरु ट्राफिक बिटमा रोक्न भनेर अगाडि बढेको बताउँछन् । प्रहरी बिटमा बस्नुको सट्टा उनी पसलमा बसेकोले हामीहरू नदेखी अगाडि रोकेको खण्डमा पनि जरिवाना गरी अनावश्यक दुःख दिने गरेको चालकहरुले बताएका छन् ।

केन्द्रिय बसपार्क टर्मिनल हुँदा हुँदै भन्सारमा गाडी लगाएर अन्यत्र भारतिय पर्यटकलाई दोब्बर भाडा लिएर लग्ने गरेको देख्दा देख्दै पनि उता भने ध्यान जानसकेको छैन तर मोटरसाइकल चालक तथा गाडीलाई अनायासै दुख दिरहेको छ ।
उनको कार्यशैलीले सिङ्गो पर्सा ट्राफिक प्रहरीलाई प्रस्न तेर्साएर आफू जहिले बिबादास्पद बन्न्ने गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु