पर्सा – नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा पर्सा जिल्लाको ईलाका प्रहरी कार्यलय पोखरियामा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल प्रहरी निरीक्षक प्रदिप पौडेल आफ्नो एरियालाई अपराधमुक्त बनाउन अहोरात्र खटिरहेका छन् ।
पर्सा जिल्लाको पोखरिया नगरपालिक अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षक प्रदीप पौडेल को आगमनसँगै स्थानीय स्तरमा शान्ति सुरक्षा तथा सुशासनको उल्लेखनीय सुधार देखिएको छ।
प्रहरी निरीक्षक पौडेल नेतृत्वको टोलीले जनताको सेवा र सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको स्थानीयवासीहरू बताउँछन्।
कुनै पनि किसिमका आपराधिक घटनामा तुरुन्तै प्रहरीको उपस्थिति र समाधानमुखी कार्यशैलीले जनस्तरमा प्रहरीप्रतिको विश्वास थप गहिरो भएको छ।नागरिकमा भरोसा, अपराधमा नियन्त्रण स्थानीयहरूले बताएअनुसार, लागूऔषध, चरेस कारोबार, चोरी तथा अन्य आपराधिक गतिविधिहरूमा प्रहरीले कडा निगरानी राख्दै तत्काल कारवाही गरेको छ।
थापा नेतृत्वमा सञ्चालन गरिएका नियमित गस्ती, निगरानी तथा सूचनाको भरमा गरिएको छापामारीले क्षेत्रमा अपराध दरमा ठुलो गिरावट आएको छ।
“प्रहरी मेरो साथी भन्ने भनाइलाई हामीले अब केवल नारामा होइन, व्यवहारमै अनुभूत गर्न थालेका छौँ,” एक स्थानीय शिक्षकले भने। आपत्कालीन अवस्थामा जनताको नजिक पुग्ने प्रहरीको तदारुकता, इमानदारीपूर्ण व्यवहार र संवेदनशीलता जनमुखी सेवा प्रवाहको उदाहरण बनेको छ।
जनताको सेवामा समर्पित प्रहरी निरीक्षक पौडेलले आफूहरूको उद्देश्य जनताको सुरक्षा, अपराधमुक्त समाज र कानूनी शासनलाई कार्यान्वयनमा ल्याउनु भएको बताए। “हामी जुनसुकै घडी जनताको सेवामा छौँ,” उनले छोटो टिप्पणीमा भने।
स्थानीय प्रशासन, जनप्रतिनिधि तथा समाजसेवीहरू समेत प्रहरीको कार्यशैलीबाट सन्तुष्ट रहेको जनाइएको छ। इलाका प्रहरी कार्यालय पोखरियाको यो प्रयासले पर्सा जिल्लाका अन्य क्षेत्रहरूका लागि पनि उदाहरणीय अभ्यास प्रस्तुत गरेको बुझिन्छ ।
साथ साथै तल्लो दर्जा का प्रहरी सङ्गै ड्युटीमा रहेर कर्मचारीको मनोबल सहित बढेको छ ।


