प्रहरी निरीक्षक बिक्रम सुवेदी अपराध रोकथाममा तल्लिन

पर्सा – नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा पर्सा जिल्लामा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल प्रहरी निरीक्षक बिक्रम सुवेदी आफ्नो एरियालाई अपराधमुक्त बनाउन अहोरात्र खटिरहेका छन् ।

जिल्लामा हुने गुण्डाराजका साथै राजनीतिक आडमा हुने आपराधिक गतिविधिलाई सुक्ष्म अध्ययन गर्दै निरीक्षक सुबेदीले जिल्लामा हुने अवाञ्छित गतिविधिलाई रोक्न लागीपरेको छन्

छिमेकी मुलुक भारतसँग जोडिएको पर्सा जिल्लाको बिर्ता अधिकांश नाकाहरु सुरक्षाको हिसाबले संवेदनशील मानिन्छ ।
पर्सा जिल्लाका एक समाजसेवी भन्छन्, ‘नेपाल प्रहरी संगठनकै निरीक्षक बिक्रम सुबेदीले पर्सा जिल्लाको वडा प्रहरी कार्यलय बिर्ता को कमान्ड सम्हालेपछि हामी सबै स्थानीयहरु खुसी छौं ।

निरीक्षक सुवेदी वडा प्रहरी कार्यलय बिर्ता पर्सा जिल्लाको कमान्ड सम्हाल्दै गर्दा “जिरो टोलरेन्स“ मा आफ्नो कार्यकाल सफल गर्न खोजेको बुझिन्छ ।

नेपालका साथै छिमेकी मुलुक भारतका सीमा नाकाहरुमध्ये राजस्वको हिसाबले समेत महत्त्वपूर्ण मानिने पर्सा जिल्लामा वहाँ को नाकाहरुमा निरीक्षक सुबेदिले तस्करीविरुद्ध शून्य सहनशीलता अपनाएका छन् ।

Forbes

पर्सा जिल्ला प्रहरीले समाजमा हुने अवाञ्छित गतिविधिमध्ये जुवातास खेल्ने–खेलाउने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै अखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट मदिरा नस्ट गर्नुका साथै मनोरञ्जनका लागि भित्राइने पटकालगायत विस्फोटक पदार्थहरु ओसारपसार गर्न पूर्ण रोक लगाएको सूचना समेत जारी गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु