सिन्धुली – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र छठ लगायतका पर्वहरुमा प्रहरीले देशभर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालार्ई मजबुद बनाउन लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलय सिन्धुलीले सचेत गराएको छ।
यस्तो कार्य गरेको पाइए कानुन बमोजिम कारबाही गरिने प्रहरी उपरीक्षक लालध्वज सुबदिले जानकारी दिनु भएको छ । तिहार र छठ पर्वलाई लक्षित गरि सिन्धुली प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ ।
तिहारका बेला हुन सक्ने चोरी तथा लुटपातका घटना हुन नदिन मातहतका प्रहरीलाई परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
यसैगरी, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान समेत प्रहरीले अनुरोध गर्दै आएको छ।
कहिँ घटना घटेको वा घट्न लागेको जानकारी गराउन आग्रह गर्दै उनले पैँसा नलाग्ने सिन्धुली प्रहरीको १०० नम्बरमा फोन गरेर घटना विवरण टिपाउन बताएका छन । उनले भने, ‘घटनाको जानकारी पाउने वित्तिकै नजिकको प्रहरी वा पैँसा नलाग्ने १०० नम्बरमा फोन गरेर जानकारी दिनुस्, हामी तत्कालै घटनास्थल पुग्ने छौँ ।अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेसपोन्स गर्ने उपरीक्षक सुबेदीले बताउनुभयो ।
यस्तै राजमार्गमा हुनसक्ने चोरीलुटपाट तथा पटका आतींसवाजी लगाएतका विष्फोटक पदार्थ भित्रिने जस्त कुनै पनि अवाञ्छित कार्य हुन नदिन राजमार्गमा चल्ने सवारी साधनमा हतियार सहित चेकप्वाइन्टको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
प्रहरी पहुँच कम हुने स्थान तथा सुरक्षा संवेदनहिलताको आधारमा राजमार्गमा रात्रिकालीन गस्तीको व्यवस्था मिलाइएको जानकारी दिए ।


