नागरिकको भरोसा जित्नु नै प्रहरीको सबैभन्दा ठूलो उपलब्धि हो: आईजिपी चन्द्र कुबेर खापुङ

काठमाडौं – आइजीपी खापुङले आफ्नो कर्तव्यमा निष्पक्ष, इमानदार र संवेदनशील भएर सेवा प्रवाह गर्न आग्रह गरेका हुन्।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले गर्वका साथ जनतालाई सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

कोशी प्रदेशका प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी, दमक, बिर्तामोडलगायत विभिन्न प्रहरी कार्यालय र चौकीहरूको निरीक्षण भ्रमणका क्रममा आइजीपी खापुङले आफ्नो कर्तव्यमा निष्पक्ष, इमानदार र संवेदनशील भएर सेवा प्रवाह गर्न आग्रह गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू अवलोकन गर्दै प्रहरी कर्मचारीहरूको हौसला बढाएका हुन् । उनले ध्वस्त पारिएका प्रहरी कार्यालयहरुको पुन निर्माणमा प्रधान कार्यालयले सक्दो सहयोग गर्ने समेत आश्वासन दिए । उनले नागरिकको भरोसा जित्नु नै प्रहरीको सबैभन्दा ठूलो उपलब्धि हुने बताए ।

आइजीपी खापुङले प्रहरी संगठनले विगतका विभिन्न आरोह–अवरोह पार गर्दै पनि आफ्नो गरिमालाई उच्च राख्दै आएको उल्लेख गर्दै देश, नागरिक र प्रहरी संगठनविरुद्ध हुने कुनै पनि आपराधिक गतिविधिलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सधैं कटिबद्ध रहनुपर्ने बताए ।

Forbes

उनले प्रहरीको आचरण, व्यवहार र कार्यशैलीमा सुधार ल्याई आपसी भाइचाराको भावना मजबुत बनाउन प्रहरीलाई निर्देशन दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु