रास्वपाको सचिवालय बैठक बस्दै

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज  बिहान ११ बजेबाट बस्दैछ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक चार घण्टा बस्नेछ । असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुन बैठक बस्न लागेको झाको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुनेछ ।

विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान,सद्भाव यात्राको कार्यसूची र विविध बैठकका कार्यसूची रहेका छन् ।

रास्वपाले आगामी कात्तिक १४ र १५ गते बस्नेगरी विस्तारित बैठक बोलाएको छ । उक्त बैठकले आगामी महाधिवेशनको टुङ्गो लगाउने बताइएको छ । त्यस्तै रास्वपाले फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु