चितवन – चितवनमा बसको ठक्करबाट ७२ बर्षीया महिलाको मृत्यु भएको छ । असोज १६ गते साझ ६:३५ बजेको समयमा भरतपुर महानगरपालिका ७ पिपल चोकमा भरतपुरबाट चनौली तर्फ जाँदै गरेको ग २ ख १४०४ नम्बरको बसले बाटो क्रस गर्दै उक्त महिलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट सोही स्थान कि ७२ बर्शिया नन्दाकली कंडेल गम्भिर घाईते भई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा ६:५५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस र बस चालक चितवन भरतपुर १८ बस्ने बर्ष ५४ को कृष्ण बहादुर राईलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।


