वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकमाथि व्यापारीसँग घुस मागेको र धम्की दिएको आरोप

वीरगञ्ज – वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस मागेको र धम्की दिएको गम्भीर आरोप लागेको छ। व्यापारीहरूले दसैं खर्च नदिएको कारण आफूलाई दादागिरी शैलीमा फसाइदिने, उठाएर लग्ने धम्की दिएको सार्वजनिक रूपमा गुनासो गरेका छन्।

दसैँका लागि घर जान चाहने यात्रुको सुरक्षाका लागि प्रहरी सहायता कक्ष निर्माण गरिए पनि यात्रु भने सुरक्षित बन्न सकेका छैनन् । बसपार्क पुग्ने यात्रु यातायात मज्दुरको व्यवहारका कारण समस्यामा पर्न थालेका हुन् ।

प्रहरीकै अगाडी यात्रुको बार्गेनिङ हुन्छ, यात्रुको तानातान हुन्छ । टिकटका लागि काउण्टर जान नपाउँदै एक्स्ट्रा गाडीमा राम्रो सिट छ, सस्तोमा गाडी पाइन्छ भन्दै बार्गेनिङ हुनेगरेको छ । यस विषयमा प्रहरीको ध्यान जानु आवश्यक छ ।

प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी खटिएको छ। तर, प्रहरीले यात्रुहरूले भोग्नु परेको समस्याका बारेमा केही चासो राख्दैन। ट्राफिक प्रहरी र नेपाल प्रहरीले टर्मिनल बसपार्क सञ्चालनमा किन सहयोग नगरेको होला भन्ने प्रश्न उठेको छ।

बसपार्क क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्ट र रक्सी पसलहरू प्रहरीकै संरक्षणमा राति अबेरसम्म सञ्चालन हुने गरेका छन्। उनीहरूको भनाइअनुसार, केही होटलमा प्रहरी कर्मचारी स्वयं सुत्ने गरेका कारण ती होटलहरू राति १२ देखि १ बजेसम्म खुलेआम सञ्चालन भइरहेका छन्।

Forbes

यसको विपरीत, दिनभर पसल खोलेर जीविका चलाउने साना व्यापारीहरूलाई भने प्रहरी कर्मचारीले बारम्बार सिपाही पठाई असुली गर्ने गरेको उनीहरूको आरोप छ। किशोरी उमेरदखि युवतीहरु र अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय हुँदै आएकाे त्यहाँका प्रहरीलाई राम्रो सङ्ग जानकार छन् ।

बसपार्क प्रहरी चौकीका इन्चार्ज धिरेन्द्र थपलियालाई यौन व्यवसाय गराउने होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको स्थानियहरुले बताउँदै आएका छन । वीरगंजमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ ।

त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो हुने गरेकाे छ । प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।
प्रहरीकाे काम कारवाही बारे आलाेचना भएपछि मात्र देखाउटी रुपमा केहीलाई नियन्त्रणमा लिएकाे छाडेकाे स्थानियहरु वताउँछन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु