चितवन – नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन दुवैतर्फ ठप्प रहेको छ। नारायणगढ-मुग्लिन सडक खण्ड को मुग्लिन नजिकै तुइन खोला छेउमा झरेकाले आवागमन ठप्प भएको हो ।
असोज ४ गते शुक्रबार साझ (हिजो) देखि झरेको पहिरो रातभरि पनि झर्ने क्रम नराेकीएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्ने क्रम अझैपनि जारि छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो व्यवस्थापनका लागी हाल २ वटा लोडर तयारी अवस्थामा छन भने अर्को एउटा Excavator पनि साइट तर्फ जाँदै गरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले एक सुचना जारी गर्दै सूरक्षालाई मध्यनजर गर पहिरो झर्न राेकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा जानकारी गराएको छ ।
आज याे सडक हुँदै यात्रा गर्न लगेका यात्रुहरुको सूरक्षित यात्राका लागि वैकल्पिक सडक प्रयोग गर्नुहुन समेत अनुरोध गरिएको छ ।


