काठमाडौं – एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्यो।
नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो |


