गैरआवासीय नेपाली संघ (NRNA) साउथ अष्ट्रेलियामा, नारी संयोजक पदका लागि दुई उम्मेदवार

अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) साउथ अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि महिला संयोजक पदमा संगीता अधिकारी कोइराला र तारा चौधरी बीच प्रतिस्पर्धा हुने पक्का भएको छ।

गत कार्यकाल (२०२३–२०२५) मा उप–संयोजकको रूपमा सक्रिय रहेकी संगीता अधिकारी कोइरालाले स्तन क्यान्सर, महिनावारी, रजोनिवृत्तिसँग सम्बन्धित स्वास्थ्य सचेतना कार्यक्रमहरूमार्फत प्रभावशाली उपस्थिति बनाइसकेकी छन्।

नयाँ कार्यकालमा महिला सशक्तिकरण, स्वास्थ्य र मानसिक सहायता तथा समावेशी नेतृत्वलाई प्राथमिकता दिने उनले बताएकी छन्।

उता, नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी तारा चौधरीले महिला नेतृत्व विकास, रोजगार, संस्कृति संरक्षण र आपतकालीन सहयोग प्रणाली निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्।

यी दुई उम्मेदवारको घोषणासँगै नारी संयोजक पदमा स्वस्थ प्रतिस्पर्धा अपेक्षित छ। अब सबैको नजर आगामी जुलाई २६ मा हुने निर्वाचनमा केन्द्रित हुँदैछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु