अस्ट्रेलियामा न्यूनतम पारिश्रमिकदर र सञ्चय कोषमा वृद्धि, आजदेखि लागू

अस्ट्रेलिया – अस्ट्रेलियन सरकारले काम गर्ने श्रमिकको पारिश्रमिकदर वृद्धि  गर्ने निर्णय गरेको छ ।  आज ३० जुन २०२५ (आस्ट्रेलियन समय अनुसार) देखि देशभर न्यूनतम पारिश्रमिकदर  वृद्धि भएको हो ।

अबदेखि कुनै पनि रोजगारदाताले आफ्ना कर्मचारीलाई न्यूनतम प्रति घण्टा २४.९५ अष्ट्रेलियन डलर तलब दिनुपर्ने कानुनी व्यवस्था लागू भएको छ। यसअघि न्यूनतम पारिश्रमिकदर प्रति घण्टा २३.२३ डलर थियो।

यससँगै, कामदारको रिटायर्मेन्ट बचतको रूपमा संकलन गरिने सञ्चय कोष (Superannuation) को दर पनि बढ्दै अब १२ प्रतिशत पुगेको छ।

यो निर्णय Fair Work Commission को सिफारिसपछि लागू गरिएको हो, जसले श्रमिकको जीवनस्तर र महँगीलाई ध्यानमा राख्दै तलब वृद्धि गरेको हो। नयाँ दरहरू सबै Award wages र National Minimum Wage अन्तर्गतका कामदारहरूमा लागू हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु