पर्सा – नेकपा (एमाले)का सांसद प्रभु हजराको आम नागरीकमा लोकप्रियता बढदैं गएको छ । सरल स्वभावका हजारा वडा, गाउँ, जिल्ला, प्रदेश हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
सामान्यरुपमा कृषि कर्ममा संलग्न भए पनि पार्टीको पूर्णकालीन राजनीतिमा संलग्न हजरा पर्सा निर्वाचन क्षेत्र नं ०१ को संसदको जिम्मेवारीमा छन् । विसं २०४६ को जनआन्दोलनपछि पार्टीमा सक्रियताका साथ निरन्तर लागेका उनलाई २०७९ को संघीय चुनावबाट जनताले संसदको जिम्मेवारीमा अनुमोदन गरेका हुन् ।
दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा को भनाई छ । दलित समुदायको व्यक्ति हुनुका नाताले विभेद अन्त्यका लागि प्रमुख एजेण्डा लिएर कम्युनिष्ट पार्टीमा लागेको उनी बताउछन् ।
विषयवस्तुबारे पर्याप्त अध्ययन गरी संसद् नियमावलीको अधिनमा रही अभिव्यक्ति दिएमा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उनले भ्रष्टाचार अन्त्य गरी सुशासन प्रवर्द्धन गर्न आवश्यक विधेयक ल्याई कानुन निर्माणलाई तीव्रता प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिदै आएका छन् ।
जनप्रतिनिधिका हैसियतले सदनमा आफूले खेलेको भूमिकाप्रति केही हदसम्म सन्तुष्ट भए पनि जनहितका लागि उठाइएका खानेपानी, सिँचाइ, मलसम्बन्धी माग र मुद्दा कार्यान्वयनको पाटो कमजोर हुँदा खिन्न लाग्ने गरेको उनी बताउँछन। सांसदको मुख्य जिम्मेवारी भनेको कानुन निर्माण गर्ने नै भएकाले दल र संसद्को कामबाहेक व्यक्तिगतरूपमा आफू खासै अन्यन्त्र नअल्मलिएको उनले बताए ।
सांसद हजराले आम नागरीकको चाहना अनुसारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पर्सा जिल्लामा करोडौं रुपैया बराबरको बिभिन्न बिकास परियोजना समावेश गराउन सफल भएकोमा आफू सन्तुष्ट रहेको बताउछन् ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इञ्चार्ज समेत रहेका सांसद हजराको सक्रियतामा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २० मा रहेको गढीमाई मन्दिर स्तरोन्नतिका लागि ३ करोड, वडा नम्बर २१ स्थित पटेलनगर र वडा नम्बर ३१ सोलकपुरमा सडक निर्माणका लागि छुट्टाछुट्टै ३÷३ करोड रुपैयाँको बजेट विनियोजन गराएका छन ।
यसैगरी उनले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि पनि ३ करोड, वडा नम्बर २ मा सडक निर्माण गर्न ३ करोड र वडा नम्बर १६ मा अवस्थित भुटनदेवी माई मन्दिर परिसरमा पार्क निर्माणको लागि १ करोड २८ लाख रुपैयाँको बजेट विनियोजन गराउन सफल भएका हुन भने, सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) महानगरपालिकाले तयार समेत गरिसकेको छ ।
पर्सा जिल्लाका विभिन्न विद्यालयहरूमा भवन निर्माण, शिक्षक दरबन्दी पूर्ति, शिक्षण गुणस्तर सुधार तथा सरकारी शैक्षिक योजनाहरूको प्रभावकारी कार्यान्वयनमा उहाँले विशेष ध्यान दिनुभएको छ।दलित समुदायबाट निर्वाचित प्रतिनिधिको रूपमा उहाँले सामाजिक न्याय, आरक्षण, समान अवसर र भेदभाव अन्त्यको पक्षमा संसदभित्र र बाहिर दुवै स्तरमा निरन्तर पहल गर्दै आएका छन् ।


