नेपाली देशभक्तिपूर्ण फिल्म “काँडेतार” एडिलेडमा विशेष प्रदर्शन हुँदै

अस्ट्रेलिया – नेपाली समुदायलाई देशभक्तिको भावनाले एकत्रित गराउने उद्देश्यका साथ “काँडेतार” फिल्मको विशेष स्क्रिनिङ आगामी २० जुन २०२५, शुक्रबार साँझ ६ बजे एडिलेडको The Regal Theater मा हुने भएको छ।

यार्सा इभेन्ट एन्ड इन्टरटेन्मेन्टको आयोजनामा हुने उक्त कार्यक्रमले नेपाली सिनेमाको माध्यमबाट राष्ट्रियता, सीमाको सुरक्षाको महत्व, र भ्रष्टाचारविरुद्धको संघर्षलाई उजागर गर्नेछ।

नवल खड्का निर्देशित फिल्ममा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

कार्यक्रममा नेपाली समुदाय, विशेष गरी युवाहरूलाइ देशको यथार्थबारे जानकारी दिने उद्देश्य लिइएको आयोजकले जनाएका छन्। टिकट अनलाइन (https://ticketcart.com.au/events/kadetar-movie-adelaide-show) तथा फिजिकल रूपमा उपलब्ध छ।

आयोजकको आग्रह: “देश, सत्य र एकताको आवाज बोकेको यो फिल्म सबै नेपालीले हेर्नैपर्ने खालको छ। आउनुहोस्, सँगै हेरौं, सँगै अनुभूति गरौं।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु