छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

वीरगंज – वीरगंज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रमा बस्ने ४१ वर्षीय पुरुषलाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति एक निजी सुरक्षा कम्पनीमा गार्डका रूपमा कार्यरत रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले आफ्नै जेठी पत्निपट्टीकी १४ वर्षीया नाबालिका छोरीलाई पटक–पटक बलात्कार गर्दै आएका थिए ।

घटनाबारे जानकारी दिँदै पर्साका पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले सोमबार बिहान ६ बजेको समयमा उनले फेरि बालिकामाथि बलात्कार गरेको र त्यसबारे कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

बालिकाकी आमाले सोही दिन वीरगंजस्थित प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले ती व्यक्तिलाई सोमबार नै नियन्त्रणमा लिएर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गाैतम मिश्रले बताए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु