चितवन जुत्ताचप्पल मेला : अब तीन दिन मात्रै बाँकी

चितवन – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा २०८१ चैत्र १४ गतेदेखि सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८/१८२ यही बैशाख १० गते सकिदै छ ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेला सकिनै लाग्दा पनि अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ। सुपथ मुल्यमा गुणस्तरीय जुत्ताचप्पल पाएपछी ग्राहकहरुको भिड लाग्दै गएको हो ।

मेलामा चितवनसंगै नवलपरासी, हेटौंडा धादिङ्ग, गोरखा, तनहुँ लगाएतबाट अवलोकनकर्ताहरु आउने गरेका छन् ।

मेलामा प्रत्येक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिदै आएको छ । साथै ग्राहकहरुले नयाँ बर्ष २०८२ को अवसरमा नयाँ बर्षमा, नयाँ जुत्ताचप्पल प्रयोग गरुन भन्ने उदेश्यले विद्यार्थीहरुलाई पहिला दिंदै आएको छुटमा थप १० प्रतिशत छुटको व्यवस्था गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

उनले भने, १५ देखी ५० प्रतिशत छुट मेलामा आउने सबैले पाउछन्, नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुलाई लक्षित गरी हामीले थप १० प्रतिशत जोडेर २५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौं । यसले गर्दा पनि ग्राहकहरुको भिड लागेको उनले बताए ।

मेला अब ३ दिन अर्थात बैशाख १० गते सकिदै छ । मेला सकिदै लाग्दा पनि ग्राहकको भिडभाड र राम्रो प्रतिकृया पाएको उनले बताए । उनले मेलामा आउन छुटेका अवलोकनकर्ताहरुलाई मेला अवधिमै आएर अवलोकन गरी मौकाको फाईदा उठाउन आग्रह समेत गरेका छन् ।

मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।मेलामा पाटी सुज, स्कुलका जुत्ता, स्पोर्ट सुज, बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् ।

करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ३० भन्दा बढी स्टल राखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु