चितवन – नेपाल शैक्षिक परामर्श संघ चितवनद्वारा आयोजित अन्तर इक्यानियन राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो ।
फुटसल प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र इक्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईद्वारा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम संयोजक एवं इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेलले प्रतियोगितामा सात वटा टिमको सहभागिता रहेको जानकारी दिए ।कार्यक्रमको अफिसियल मिडिया ए टुजेड समाचारको फेसबुक पेजबाट फुटसलका खेलहरु प्रत्यक्ष प्रसारण गरिएको थियो ।
समापन कार्यक्रम इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कँडेलले संचालन गरेका थिए । फुटसल प्रतियोगिताको कमेन्टेटर सुरज ज्ञवाली रहेका थिए ।


