वीरगंज फेरि अशान्त, पत्रकारमाथि लाठी चार्ज

वीरगंज – ५ बुँदे सहमतिपछि अशान्त वीरगंज शान्त बनाउने प्रयास फेरि भाँडिएकाे छ । पर्सा प्रहरीले २ मुस्लिम युवा र ६ हिन्दूवादीलाई समातेपछि हिन्दुवादी समूह प्रहरीमा पुग्दा मंगलबार साँझ तनाव भएकाे हाे । प्रशासनले वार्ताका लागि दुई-दुईजना प्रतिनिधि माग्दा हिन्दूवादी बढी समातिएकाे भन्दै नाराजुलुश भएपछि प्रहरीले बल प्रयाेग गर्दा दुई पत्रकार गम्भीर घाइते भएका छन् ।

दुई दिनअघि हनुमान जन्मोत्सवको झाँकीमा भएको ढुंगामुढापछि वीरगंज तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यूसमेत लगाएको थियो । प्रहरीले केही युवाहलाई शान्तिसुरक्षाको नाममा पक्राउ गरेपछि त्यसको विरोध भएको हाे ।

प्रहरी कार्यालयअगाडि विरोध प्रदर्शन हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।जिल्ला प्रहरी कार्यालयमा तनाव भएकाे खबरपछि रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि मंगलबार प्रहरीले लाठी चार्ज गरेकाे हाे ।

यो घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूसम्म माग हुदै आएको छ ।

पर्सा प्रहरीले २ मुस्लिम युवा र ६ हिन्दूवादीलाई समातेपछि हिन्दुवादी समूह प्रहरीमा पुग्दा मंगलबार साँझ तनाव भएकाे हाे ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु