चितवन – नेकपा (माओवादी केन्द्र) भरतपुर–४, चितवनको आयोजनामा स्वागत तथा परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा समिति अध्यक्ष नरिनारायण कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य एवं भरतपुर महानगर इन्चार्ज निशा न्यौपाने थिइन् ।
कार्यक्रमको विशिष्ट अतिथिहरुमा बाग्मती प्रदेशका सांसद एवं भरतपुर महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमन र उपाध्यक्ष पवित्रा रिजाल स्मृति रहेका थिए । कार्यक्रममा प्रदेश समिति सदस्यहरु, वडा इन्चार्ज, सहइन्चार्जहरु, पार्टीका भ्रातृसंगठनका प्रतिनिधिहरु, पार्टी सदस्यहरुको सहभागिता रहेकोे थियोे ।
वडा समिति सदस्य वसन्त घिमिरेले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा समाजवादी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले टीका लगाइदिएर फूल र खादाले स्वागत गरेका थिए ।
कार्यक्रमको संचालन वडा उपाध्यक्ष टीकाराम सापकोटा प्रकाशले गरेका थिए ।


