काठमाडौँ – मेक्सिकोको दक्षिणी राज्य ओआक्साकामा स्थानीय समय अनुसार शुक्रबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प सान मिगुएल अचिउटला नजिकै ६४ किलोमिटर गहिराइमा गएको थियो ।
भूकम्पको कम्पन मेक्सिको सिटीमा समेत महसुस भएको थियो । भूकम्पपछि सतर्कताका लागि मानिसहरू केही समय सडकमा निस्किएका थिए । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सामाजिक सञ्जाल एक्समा लेख्दै कुनै क्षति नभएको जानकारी दिइन् । ओआक्साकाका गभर्नरले पनि हालसम्म कुनै ठूलो क्षति नभएको भनेका छन् ।


