वाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन् अमेरिका (बाना) को आगामी अप्रिल ६ तारिखमा निर्वाचन हुने भएको छ । उक्त निर्वाचनका लागि दमन विक्रम शाहले महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
उनले महासचिव पदमा उम्मेद्वारी घोषणा गर्दै गर्दा विभिन्न एजेण्डाहरु समेत अघी सारेका छन् । उनले बानामा ३ बर्षको कार्यकाल हुने हुनाले आफुले हालसम्म गरेका काम र अनुभवका आधारमा भावी दिनमा सो कार्य गर्न सहज हुने र गर्न सक्ने भएकाले चुनावमा होमिएका बताउछन् ।
महासचिव पदमा उम्मेद्वारी दिँदै गर्दा आफ्नो प्रमुख उदेश्य संस्थाको गरिमा कायम राख्दै समुदायको एकता र हितका लागि सक्रिय भएर काम गर्नु हो । उनले भने, ।यस संस्थाको नेतृत्व गर्ने प्रयास स्वरूप चुनावी मैदानमा आएको उनको भनाई छ ।
को हुन् दमन विक्रम शाह
२०३० सालमा डोटी जिल्ला,गडसेरा,चौकीमा जन्मिएका शाहले भानुभक्त ममोरियल आवासिय माध्यमिक विधालय, काठमाण्डौंमा स्कुले अध्ययन पुरा गरि त्रिभुवन विश्वविधालय बाट एमबिए सम्मको शिक्षा पुरा गरेका छन ।
उनको २०५६ देखी २०६१ सम्म लेखा प्रशाशक,काठमाण्डौं, २०६१ देखी २०६५ सम्म लेखा प्रशासक,कतार, २०६६ देखी २०६८ सम्म लेखा प्रशासक दुवई, २०६८ देखी हाल सम्म अमेरिका बसेर काम गरेको अनुभव छ ।
त्यस्यै उनले सुदुरपश्चिम नेपाली समाज कतारको संस्थापक अध्यक्ष (२००६-२००८), सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड, अमेरिकाको संस्थापक अध्यक्ष (२०१७-२०२४ बानाको सल्लाहकार (२०२२ देखी हाल सम्म), एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकार (२०२३ देखी हाल सम्म) जिम्वेवारी समाल्दै आएका छन् ।
यतिका समय सामाजिक तथा विभिन्न संघ संस्थाहरुमा काम गर्दै गर्दा उनले सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डको नेतृत्वमा रहँदा सुदुरपश्चिम भेगको सबैभन्दा महत्वपूर्ण पर्व गौरा र विसुको मेरिल्याण्डमा शुरुवात र दुबै पर्वलाई हरेक वर्ष मनाउने चलनको व्यवस्था बसाले।
सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डको नेतृत्वमा रहँदा युवा वर्गलाई लक्षीत गरि खेलकुदका माध्यमबाट जोड्न सुदुरपश्चिम फुटबल क्लब, सुदुरपश्चिम भलिबल क्लब र सुदरपश्चिम क्रिकेट क्लबको गठन गर्नुका साथै मेरिल्याण्ड र वरपरका राज्यमा हुने खेलकुद प्रतियोगितामा निरन्तर सहभागिता जनाएका थिए ।
सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड हेर्दा क्षेत्रीय संस्था जस्ता लागे पनि यसलाई बाना र एनआरएनए जस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय नेपाली संघसंस्थाहरुसँग समन्वय गरि मुलप्रवाहको सामाजिक सेवामा निरन्तर सहभागिता जनाएका छ्न्न ।
सुदरपश्चिम नेपाली समाजको नेतृत्वमा रहँदा नेपाली संघसंस्थाहरुलाई स्थानिय, राज्य र केन्द्र सरकारसँग समन्वय गरि आर्थिक सहयोग लिने वातावरणको शुरुवात गरे।
नेपालमा आईपर्ने दैवि विपत्ति देखी कोभिड १९को अत्यन्त जोखिमको समयमा ज्यानको परवाह नगरि समुदायको आवश्यकता प्रति सजग रहि काम गर्दै साथै नेपालमा विधार्थिहरुलाई दुःखद समयमा सहयोग गर्ने वातावरण तयार गरि सहयोग गरे।
यिनै अनुभवहरुका आधारमा बानाको नेतृत्व तहमा काम गर्न दावि गरिएको उनको भनाई छ । मुख्य गरी समाज सेवा, भाषा, संस्कृति र पहिचानको संरक्षण, संवर्धन, हस्तान्तरण र पुस्तान्तरणका लागि लगनशीलतापुर्वक लाग्ने नै आफ्नो प्रमुख लक्ष रहेको उनले बताएका छन् ।
उनले आफ्ना एजेण्डालाई मूर्त रुप दिनका लागि एउटा सशक्त टीम आवश्यक पर्ने भएकाले टिम सहित चुनावी मैदानमा आएको बताए ।
बानाको स्थापना सन् २००५ मा भएको हो । अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु सदस्य रहेको संस्था बानामा ५ हजारभन्दा बढी सदस्य छन्।



