काठमाण्डौ – अब पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्न पाउने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
हालसम्म कानुनी अस्पष्टताका कारण पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न समस्या हुँदै आएको थियो। अब सरकारको नयाँ निर्णयसँगै आवश्यक मापदण्ड तथा प्रक्रिया निर्धारण गरी रूपान्तरणलाई औपचारिक रूपमा कार्यान्वयन गरिनेछ।


