पठन संस्कृति अभियानको नवौँ शृङ्खलामा पुस्तकमाथि चर्चा

गैंडाकोट – पठन संस्कृति अभियानको नवौँ शृङ्खलामा विभिन्न पुस्तकमाथि चर्चा गरिएको छ ।

युनाइटेड तक्षशिलामा कक्षा ११ मा अध्ययनरत संसार सापकोटाले योगमाया पुस्तकको चर्चा गरे । पुस्तकका सन्दर्भमा रहेर सापकोटाले योगमायाको जीवनी प्रस्तुत गरे ।

बालकुमारी क्याम्पसकी प्राध्यापक रञ्जना लामिछानेले अमर न्यौपानेको कृति गुलाबी उमेरको चर्चा गरिन् । अर्का टिप्पणीकार उदय अधिकारीले कैलास कोइरालाको नयाँ पुस्तक शास्त्रको चर्चा गरे ।

कविवर गोविन्दराज विनोदीले अनुसुया महाकाव्यको चर्चा गरे । कवि विनोदीले पठन संस्कृति अभियानमा विद्यार्थीको उपस्थितिलाई बढाउन सुझाव पनि दिए ।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा र डाक्टर धर्म सापकोटा राजुले विभिन्न अङ्ग्रेजी किताबको संक्षिप्तरूपमा चर्चा गरे ।

Forbes

पठन संस्कृति अभियानको ९ औँ शृङ्खलामा धर्म सापकोटा राजुलाई सम्मान गरिएको छ । गैंडाकोट निवासी राजु अध्ययनका सिलसिलामा बेलायतमा बस्छन् । उनले संरक्षण विज्ञानमा विद्यावारिधि गरेका छन् ।

नवौँ शृङ्खलाका प्रमुख अतिथि सुभाष घिमिरे, गैंडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले विजय विकास स्रोत केन्द्रका सदस्य सापकोटालाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै सापकोटाले यो सम्मानले आफूमा जिम्मेवारी थपिएको बताए ।

उनले गैंडाकोटमा पठन संस्कृति अभियान सुरु भएपछि यस क्षेत्रमा पठन संस्कार मौलाएको बताए । पठन संस्कार बढाउन नियमितरूपमा कार्यक्रम गरेर पढ्न रुचि राख्नेहरूलाई किताबको पहुँचमा ल्याउनु पर्ने उनको भनाइ थियो । विद्यालयका किताबले मात्रै मानिसको जीवनयापन नहुने उनले बताए ।

`विद्यालयका किताबले मानिसको जीवन मात्रै धानिने हो । जीवन जीउन, सुन्दर जीवन जीउन अतिरिक्त किताब पढ्नुपर्छ । जति धेरै पढ्न सकियो जीवन उति धेरै सहज बनाउन मद्दत गर्दछ´, सापकोटाले भने । उनले यो अभियानलाई १० हजार रुपैयाँका किताब सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु