चितवन – चितवन ग्रीन लायन्स क्लब र लियो क्लब को संयुक्त आयोजनामा नि:शुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी करुणालय वृद्धाश्रम भरतपुर–१ देवघाटधाममा रहेका ३१ जना वृद्ध बुवा आमाहरुलाइ नि:शुल्क मधुमेह परिक्षणका साथै ब्ल्ड प्रेसर पनि चेक गरिएको थियो । रोटरी करुणालय वृद्धाश्रममा क्लबले गरेको यो दोश्रो कार्यक्रम हो ।
चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्ष माधव रेग्मिले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा चितवन ग्रीन लियो क्लबका अध्यक्ष रुपक घिमिरे, एरिया क्लस्टर चिफ आत्माराम पाण्डे तथा चितवन ग्रीन लायन्स क्लबका पुर्ब अध्यक्ष दिपक चन्द्र भट्टराई एवं किशोर चन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।




