कास्की – नेपाली कांग्रेस संसदीय दल गण्डकीले प्रकाशचन्द्र दवाडीलाई प्रवक्ता तोकेको छ ।
शनिबार बसेको दलको बैठकले उनलाई प्रवक्ता जिम्मेवारी दिएको हो । दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद् गठन भएको साढे २ वर्षपछि जिम्मेवारी तोकिएको हो ।


