मंसिर ९, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुकदल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको घर नजिक परालको टौवामा चित्तल काटेर लुकाईरहेको अवस्थामा ढुंगानालाई पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा सेनाको टोलीले आइतवार सांँझ ७ः३० बजे पक्राउ गरेको हो । ८ बर्षको मृत भाले चित्तल सहित खुकुरी, चक्कु र दाउ समेत बरामद गरिएको श्रेष्ठले बताउनु भयो । थप अनुसन्धानको लागि उनलाई निकुञ्ज प्रशासन बुझाइएको र उनलाई निकुञ्ज ऐन अनुसार कारवाही हुने श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री बटुकदल गणले दैनिक रुपमा प्रकृति संरक्षण तथा बन्यजन्तुहरुको चोरी शिकारी नियन्त्रणको लागि विभिन्न अपरेशन गतिविधिहरु संचालन गर्दै आईरहेको छ । साथै निकुञ्जमा हुन सक्ने चोरी शिकारी तथा अवैध घटनाहरु हुन नदिन बिशेष टोलीहरु समेत परिचालन गरि कार्य गर्दै आईरहेको जनाएको छ ।

