रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खसेको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। यसरी हेर्दा १० जनाले मतदान नगरेकाे देखिएकाे छ।

उनका अनुसार ७६.८० प्रतिशत सहभागिता रहेका आयोगले जानकारी दिएको छ। निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन गत असार ७ चितवनमा गतेदेखी चितवनमा जारी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु