अष्ट्रेलियाका मन्त्रीले गरे नेपाली विद्यार्थीको प्रशंसा

एटुजेड समाचार

अष्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यानले अष्ट्रेलियामा बस्ने नेपालीहरुको प्रशंसा गरेका छन् ।मन्त्री कोलम्यानले अन्तर्राष्ट्रिय विद्यार्थी अन्तर्गत नेपाली विद्यार्थीहरुको आगमनले अष्ट्रेलियाको समग्र अर्थतन्त्रको उन्नतिमा सकारात्मक प्रभाव परेको समेत बताए।

नेपाली समुदायहरुको एक संस्था पेन्सस नेप्लिज कम्युनिटीले शुक्रवार आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदैव नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्ने बताए।

उनको चुनाव जितिसकेपछिको नेपाली समुदायसँगको यो पहिलो कार्यक्रम हो । उनले पेन्ह्रस्टमा नेपाली समुदायको भवन निर्माणको लागि प्रक्रिया पुर्याएर दश लाख अष्ट्रेलियन डलर निकासी गर्न पहल गर्ने पनि बताए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले नेपाली समुदायको समग्र हितको निम्तिअबको यात्रा हुने बताए । साथै उनले मन्त्री डेविडलाई बधाई दिंदै आफू सधैं सहकार्य गर्न तयार रहेको बताए।

यसैगरी न्यू साउथ वेल्सका लागि महाबाणिज्यदूत दीपक खड्काले अब काठमाडौंबाटै नेपालीले भिषा पाउने वातावरण हुनुपर्नेमा जोड दिए । गैर आवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष मन केसीले विश्वभर छरिएर रहेका सबै नेपालीहरुको समग्र हितको निम्ति आफू सदैव तत्पररहने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू