काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरु नव नियुक्त श्रम मन्त्रीलाई प्रभावमा पार्ने चलखेल शुरु गरेका छन् । आम निर्वाचनपछि नेकपाको सरकार बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएर आएका गोकर्ण विष्टले २०७५ जेठको पहिला हप्ताम एक निर्णग गर्दै मलेशिया रोजगारी बन्द गरिदिएपछि तर्सिएका वैदेशिक रोजगार व्यवसायीहरु भने नयाँ मन्त्री आएपछि उनलाई शुरुमै प्रभावमा पार्ने चलखेलमा लागेका हुन् ।
आज (आइतबार) नयाँमन्त्री मेश्वर राय यादव बधाई दिन व्यवसायी सिंह दरबार पुगेका संघका पदाधिकारीले चलखेल शुरु गरेका हुन् ।मन्त्री रायलाई उनिहरुले सहकार्य विना केही नर्गन भनी दबाब दिन खोजेका थिए ।


संघका अध्यक्ष विष्णु गैह्रेले भने, ‘मन्त्री ज्यू नयाँ आउनु भएको छ। वैदेशिक रोजगार व्यवसाय डामाडोल अवस्थामा छ। हजुरले समस्या बुझेर निर्णय गर्नुहोला। हामी साह्रै मर्कामा छौं। करोडौं लगानी गरेका छौं। सरकारले गर्ने विभिन्न निर्णयले हामीलाई अप्ठ्यारो पर्ने गरेको छ। कुनै पनि नयाँ नीति लागुगर्दा व्यवसायीका कुरा सुने यसले राम्रो हुन्छ।’
जवाफमा मन्त्री यादवले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरे। उनले यो व्यवसायीलाई समस्यामा नपार्ने र श्रमिकलाई पनि समस्यामा नपार्ने गरी कामहरु हुने बताए। उनले सरकारले गर्ने निर्णय व्यवसायीले मान्नुपर्नेसमेत बताए। उनिहरुले यस अघी गोकर्ण बिष्टलाई पनि प्रभावमा पार्ने कोशीस गरेका थिए ।