चितवन – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।
एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ ।
सोही आधारमा आज राती ८ बजेर ३० मिनेटदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भइरहेको छ ।


