माडीको छरछरे धाममा लाग्ने एकादशी मेलाको तयारी तिब्र

चितवन, कार्तिक १९ – माडीको छरछरे धाममा लाग्ने मेलाको तयारी तिब्र पारिएको छ । यहि कार्तिक २२ गते हरिबोधनी एकादशीको अवसरमा हुने ‘छरछरे एकादशी’ मेलाको तयारी तिब्र गतीमा भईरहेको मेला आयोजक मुल समितिले जानकारी दिएको हो ।
अहिले मेलास्थलको भौतिक निर्माणको कार्य जारी भईरहेको समितीले बताए छ । यस्तै मेलाको प्रचारप्रसार कार्य तीब्र पारिएको छ । मेलामा बृहत् साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक छरछरे मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
मेलामा राष्ट्रिय लोकदोहोरी कलाकारहरु रबिन लामिछाने र बबिता बानियाको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । यस्तै स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिनेछन् ।
माडीको प्रसिद्द धार्मिक स्थल छरछरे धाममा २०३१ सालदेखि हरेक बर्ष एकादशी मेला लाग्दै आएको छ । मेलाको अवसरमा शिवमन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्नुका साथै विविध साँस्कृतिक कार्यक्रमहरु समेत हुँदै आएको छ । मेलामा माडी सँगै विभिन्न स्थानबाट श्रद्धालु भक्त्तजनको उपस्थिती रहने जनाईएको छ ।



तपाइँको प्रतिक्रिया