भारतीय मिडियाको दावी : ७ आतंकवादी नेपालको बाटो हुँदै भारत छिरे

एटुजेड समाचार

काठमाडौं, कात्तिक १९ – नेपाली भूमि हुँदै सात आतंकवादी भारतको उत्तर प्रदेश राज्यमा प्रवेश गरेको भारतीय गुप्तचर निकायले दावी गरेको छ ।

उत्तर प्रदेशकै अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदसम्बन्धी विवादमा अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा आतंकवादी हमलाको खतरा बढेको भारतीय गुप्तचर निकायलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

गुप्तचर निकायले सात आतंकवादी हालै नेपालबाट भारत प्रवेश गरेको सूचना दिएको केही भारतीय संचारमाध्यम आजतकको दाबी छ ।उसका अनुसार नेपाल हुँदै भारत प्रवेश गरेकामध्ये पाँच जनाको पहिचान भइसकेको छ ।

पहिचान भएकाहरुमा मोहम्मद याकुब, अबु हमजा, मोहम्मद शाहबाज, निसार अहमद र मोहम्मद कौमी चौधरी छन् ।उनीहरु अयोध्या वा गोरखपुरमा लुकेर बसेको आशंका गरिएको पनि समाचारमा जनाइएको छ । उनीहरु पाकिस्तानी रहेको बताइन्छ ।(एजेन्सी)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु