चितवन,कात्तिक १० – भिजिट नेपाल ‘२०२०’ को प्रोमोसन तथा प्रवद्ध्नको लागि रोटर्याक्ट क्लव अफ रत्ननगरले ‘रो-ट्रेक भम्रण २०१९’ शक्तिखोर झरनामा आयोजना गरेको छ । मनोरञ्जनका साथै आफ्नै स्थानिय पर्यटक क्षेत्र अवलोकन गर्नको लागि रोटर्याक्ट क्लवका १८ जना सदस्यहरु उक्त ट्रेकमा सहभागी रहेका छन ।
रोटर्याक्ट क्लवले झरनाको वरिपरि सरसफाइ गर्नुको साथै घुन्न आउने आन्तरिक,स्थानिय पर्यटनको विषयमा अन्तरक्रिया कार्यक्रम गरि सचेतना फैलाउने काम पनि गरेको छ ।
रोटर्याक्ट क्लव अफ रत्ननगर वर्ष २०१९\२०२० का अध्यक्ष निकेश खनालको आतिथ्यमा सम्पन्न कार्यक्रमको संयोजक एलिशा अर्याल र एलिना अर्यालले गरेको इन्टरनेशनल सर्भिश डाइरेक्टर अमृता अधिकारीले जानकारी दिईन । अधिकारीले रोटर्याक्ट क्लव अफ रत्ननगरले सामाजिक कामको साथै विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको बताईन ।




