प्लाष्ट्रिक वस्तुको असर र न्युनीकरण सम्बन्धि सडक नाटक सम्पन्न

सुनवल,कात्तिक १० – “बालमैत्रि नगर सुनवलको पहिचान, वातावरण मैत्रि नगर अबको अभियान” भन्ने मुल नाराका साथ सुनवल –१ मा अवस्थित एकता बालको आयोजनामा प्लाष्ट्रिक वस्तुको असर र न्युनीकरण सम्बन्धि सडक नाटक सम्पन्न भएको छ । एकता बालको अध्यक्ष अमृत बस्यालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनवल नगरपालिका वडा न.१का वडा अध्यक्ष विन प्रसाद बुढाथोकी प्रमुख अतिथि रहेका थिए ।
सडक नाटकमा बालबालिकाले मानव,जिवज्रन्तु र वातावरणमाथि प्लाष्ट्रिक जन्य पदार्थले हुने असर र त्यसको न्युनिकरण सम्बन्धि विषय वस्तुलाई प्रस्तुत गरेका थिए । सडक नाटकको लेख र रचना सिला बस्यालले गरेका थिए । बालबालिकाहरूले नाटकमा भनेका शब्दहरूलाई प्रस्तुतीशैली सबैले मन पराएका थिए ।
नगर बालसंजाल सुनवलकी संस्थापक अध्यक्ष विपना शर्माले सडक नाटक प्रभावकारी रहेको र उक्त नाटक नगरको सबै ठाउँहरूमा देखाउनु पर्ने बताईन । अध्यक्ष विन प्रसाद बुढाथोकीले बालबालिकाको यो सकारात्मक परिवर्तन र काम प्रती वडा कार्यालय,नागरिक सधैं साथमा रहने बताए । त्यसै गरी वडा सदस्य मन बहादुर थापाले हातमा हात र काधमा काध दिएर अघी बढ्ने बताए ।



कार्यक्रममा वडा सदस्यहरु, बालमैत्रि सम्पर्क व्यक्ति,महिला बालबालिका शाखा प्रमुख, बालमैत्री सहजकर्ता, नगर बाल संजाल सल्लाहकार, बालमैत्री स्वयंसेवकहरू, नगर बाल संजाल सदस्यहरू, शिक्षक-शिक्षिकाहरू र बालबालिकाहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया