काठमाडौं, कात्तिक ४ – निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् । सरकारी वकिलको उपस्थितिमा आइतबार प्रहरीले लिएको बयानमा उनले कसुर इन्कार गरेपनि त्यस क्रममा पेस गरेको केही तथ्य भने स्वीकारेको स्रोतले बताएको छ ।
‘उहाँमाथि जे आरोप थियो, त्यसमा त अस्वीकार गर्नुभयो’, स्रोतले भन्यो, ‘त्यस क्रममा पेस भएका कतिपय तथ्य भने उहाँले स्वीकार गर्नुभएको छ।’ प्रहरीले अनुसन्धानबाट केही प्रमाण भेटेर सोध्नुपरेको अवस्थामा बाहेक अब थप बयान लिनुनपर्ने निष्कर्षसमेत निकालेको छ । प्रहरीले अनुसन्धान सकिएपछि सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाउने छ ।यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।


