भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिणाममा पटका बरामद

एटुजेड समाचार

झापा, कात्तिक १ – सशस्त्र प्रहरीले काँकडभिट्टा सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको मोबाइल टोली ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर दैनिक रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका अवैध सामानसहित पटाका मेची भन्सार कार्यालयमा दाखिला गरेको गुल्मपति सशस्त्र नायब उपरीक्षक ज्ञानमणि पौडेलले बताए । लाखौ बराबरको उक्त सामान सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद गौतमको कमान्डमा खटिएको मोबाइल गस्तीले बरामद गरेको जनाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु