सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा धिताल

एटुजेड समाचार

चितवन, असोज ३० – श्री सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि।को अध्यक्षमा थिरप्रसाद धिताल (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । संस्थाको हिजो (बुधबार) सम्पन्न १२औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै संस्थाको उपाध्यक्षमा मदनप्रसाद सापकोटा चयन भएका छन् भने सचिवमा मुकुन्दप्रसाद गौतम र कोषाध्यक्षमा जयराम पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरुमा मानबहादुर पाण्डे, कृष्ण सिलवाल, भगवती पाण्डे, रामप्रसाद घिमिरे, इन्दिरा पन्त, संगीता गौतम, शम्भु अधिकारी रहेका छन् ।

यस अघी कार्यक्रमको चितवन क्षेत्र नं. २ प्रदेश सभा सदस्य एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समिति संयोजक घनश्याम दाहालले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै दाहालले सहकारीहरुले पैसा हिनामिना, दुरुपयोग गर्न नहुने, शेयर सदस्यहरुबाट खाइनखाइ खुनपसिना बगाएर जम्मा गरेको पैसा संरक्षण गर्नुपर्ने बताएका थिए ।

शेयर सदस्यबाट जम्मा भएका पैसा संरक्षण गर्ने दायित्व सबै शेयर सदस्यहरु र राज्यको भएको दाहालको भनाइ थियो । कानुनहरु बनाउँदा सरकारले कडा कानून बनाएमा शेयर सदस्यहरुबाट जम्मा भएका पूँजी तलमाथि नहुने र ढुक्क हुन सक्ने दाहालले भने ।

कार्यक्रममा अधिकतम शेयर सदस्य बनाउने, संस्थाको लागि योगदान दिने लगायत विभिन्न विधाबाट शेयर सदस्यहरु तथा कर्मचारी सम्मानित गरेको संस्थाका व्यवस्थापक विकास पौडेलले बताए ।संस्थाका अध्यक्ष पुरुषोत्तम गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका सचिव मदनप्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु